हिमालय सहकारी संस्था लिमिटेड
… हरेक क्षणमा संगसंगै
हिमालय सहकारीमा स्वागत छ!
आर्थिकरुपमा स्वचालित समाजको सृजनाका लागि समुदायमा उत्पादनशिलता र मितव्ययी भावनाको विकास गराई सहकारीको माध्यमबाट सदस्यहरुको सामाजिक, आर्थिक जीवनस्तरलाई ठोस उचाईमा पुर्याउने परिकल्पना बनाई यस हिमालय सहकारी संस्था लिमिटेडको स्थापना गरिएको हो । ठाकुरबाबा नगरपालिका–३, मानपुर, बर्दियामा कार्यालय रहेको यस संस्थाले बर्दिया जिल्ला कार्यक्षेत्र बनाई विगत २४ वर्षदेखि सदस्य सेवामा निरन्तर लागिरहेको छ । यस सहकारी संस्था नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएको वित्तीय संस्था हो । संघियता अघि डिभिजन सहकारी कार्यालय, बर्दियाको मातहतमा रहेको यस संस्था हाल लुम्बिनी प्रदेश सरकारको सम्बन्धित निकाय (सहकारी हेर्ने मन्त्रालय) को मातहतमा रहेको छ ।
प्रबन्धकको सन्देश…
संस्था सञ्चालनको २ दशक भन्दा लामो यात्राका क्रममा थोरै अनुकुल तर धेरै प्रतिकुल वातावरणमा तमाम उतार चढावहरुको सामना गर्दै २५ औं वर्षमा प्रवेश गर्दै २४ वर्षसम्मको यात्रा तय गर्न सफल भएको अवसरमा म सम्पूर्णमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु । संस्था स्थापनासंगै कर्मचारीका रुपमा यस संस्थामा मेरो संलग्नता रहेका कारण ति उतार चढावहरुबारे म जानकार छु तसर्थ फर्केर हेर्दा गौरब महसुस गर्दछु । विगत जे जस्तो रहे पनि आज संस्थाले जिल्लामा आफ्नो बलियो छबी बनाएको छ । यस क्षेत्रमा वित्तीय सेवा प्रवाहमा बैंक तथा वित्तीय संस्थाहरुको प्रतिस्पर्धा छ । यस्तो तिब्र प्रतिस्पर्धाका बिच संस्थाले नयाँ–नयाँ कार्यक्रम ल्याएर यस क्षेत्रमा आफ्नो दरिलो उपस्थिती जनाउनुका साथै लोकप्रियता समेत हासिल गरि आफ्नो छुट्टै अस्तित्व र पहिचान बनाई सकेको छ । सदस्यहरुलाई केन्द्रमा राखेर योजना बनाई अघि बढेकै कारण यो सम्भव भएको हो । अब यो उपलब्धिलाई संस्थागत गर्दै अझै लामो दुरीको यात्रा तय गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ । सरोकारवाला सबैको साथ र समर्थन रहे जस्तासुकै चुनौती पनि पार गर्न अवश्य सकिनेछ भन्ने मेरो विश्वास छ । तसर्थ, आगामी दिनहरुमा दीर्घकालिन योजनाहरुको निर्माण गर्दै नयाँ सोँच, कार्यक्रम र आयामका साथ अघि बढ्न शेयर सदस्यहरु, सञ्चालक समिति, लेखा समिति, सल्लाहकार समिति लगायत शुभेच्छुक संघ, संस्था, निकाय तथा व्यक्ति महानुभावहरुबाट निरन्तर सल्लाह सुझाव एवम् मार्गदर्शनको अपेक्षा लिएको छु । धन्यवाद, जय सहकारी ।
सावित्री कुमारी श्रेष्ठ
प्रबन्धक
२ कराेड+
शेयर पूँजी
१८ कराेड+
बचत संकलन
२३ कराेड+
ऋण लगानी
२१00+
शेयर सदस्य
९ जना
कर्मचारी