६८औं राष्ट्रिय सहकारी दिवस २०८१ को सन्दर्भमा ठाकुरबाबा नगरपालिका सहकारी सन्जालको समन्वय तथा ठाकुरबाबा नगरपालिकाको कार्यालय, सैनवार, बर्दियाको आयोजनामा मिति २०८१ चैत्र १८ गते सोमबार ठाकुरबाबा नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुको असल अभ्यास सम्बन्धी प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिका भित्र केन्द्रिय कार्यालय रहेका ११ वटा सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पालिका स्तरीय सहकारी दिवस सञ्चालन मूल समारोह समितिका अध्यक्ष दुर्गा सापकोटाको अध्यक्षता तथा जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुङ्गानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा हिमालय सहकारी संस्था लिमिटेडको तर्फबाट सञ्चालक सदस्य रोमा चौधरी र संस्थाका सूचना, प्रविधि सहायक एवम् सूचना अधिकारी सौगात श्रेष्ठको सहभागिता रहेको थियो । हिमालय सहकारी संस्था लिमिटेडको तर्फबाट संस्थाका सूचना, प्रविधि सहायक एवम् सूचना अधिकारी सौगात श्रेष्ठले प्रगती विवरण सहितको प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो ।