बर्दियाको ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँ (कञ्चनपुर)मा अवस्थित त्रिभुवन नमूना माध्यमिक विद्यालयका कक्षा ९ र ११ (जीवविज्ञान)मा अध्ययनरत विद्यार्थीहरुलाई यस हिमालय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित एकिकृत कृषि फर्म अन्तरगत बंगुर पालन फर्मको अनुगमन गराइनुका साथै वित्तीय साक्षरता तथा सहकारी शिक्षा सम्बन्धमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको तर्फबाट शिक्षक खगेन्द्र शाहीले समन्वय गर्नुभएको अन्तरक्रियात्मक कार्यक्रमलाई संस्थाका पूर्व अध्यक्ष समेत रहनुभएका सहकारी प्रपशक्षक घननारायण श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।