हिमालय सहकारीका अध्यक्ष लहनु थारुको अध्यक्षता तथा जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुंगानाको विशेष आतिथ्यतामा २३औं वार्षिक साधारणसभा सम्पन्न छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म २१४६ जना शेयर सदस्य रहेको संस्थाले ३१ लाख ४६ हजार ३८८ रुपैयाँ नाफा आर्जन गरि ३ लाख १४ हजार ६३९ रुपैयाँ राज्यलाई आयकर तिरेको छ । संस्थाको कुल शेयर २ करोड ९३ लाख ४६ हजार ५०० पुगेको छ ।
संस्थाले आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्ममा २२ करोड १४ लाख ५६ हजार ७८१ रुपैयाँ निक्षेप संकलन गरेको छ भने २१ करोड ९३ लाख २७ हजार ८८८ रुपैयाँ कर्जा लगानी गरेको छ । आर्थिक वर्षको अन्त्यसम्म कुल वासलात ३० करोड ३३ लाख ८० हजार ५० रुपैयाँ रहेको छ । बर्दिया जिल्ला कार्यक्षेत्र रहेको सहकारीले बचत तथा ऋणको कारोबार, रासायनिक मलखादको बिक्री, धान तथा गहूँको बीउ बिक्री, एकिकृत कृषि फर्म अन्तरगत बंगुर तथा माछापालन गरि रहेको छ ।
संस्थाका सूचना अधिकारी सौगात श्रेष्ठले संचालन गर्नु भएको २३औं वार्षिक साधारणसभामा ठाकुरबाबा नगरपालिकाका निवर्तमान प्रमुख तथा संस्थाका पूर्वअध्यक्ष घननारायण श्रेष्ठ, ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ का वडा शम्भु प्रसाद थारु, सहकारीका संस्थापक अध्यक्ष कुल प्रसाद श्रेष्ठ, पूर्वअध्यक्ष पल्टा थारुको आतिथ्यता रहेको थियो । २०८१ पौष २ र ३ गते सम्पन्न भएको जोधिपुर, ढोढरी र मानपुर इकाई साधारणसभाबाट छनौट भई आउनुभएका सदस्यहरुका बिचमा २०८१ पौष ९ गते मंगलबार अन्तिम साधारणसभा सम्पन्न भएको हो ।