२३औं वार्षिक साधारणसभा – २०८१ अन्तरगत मानपुर एकाई सभा संस्थाका अध्यक्ष लहनु थारुको अध्यक्षतामा ठाकुरबाबा नगरपालिका(३, मानपुरमा २०८१।९।३ गते सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला सहकारी संघ बर्दियाका सदस्य दिपलाल कँडेलको विशेष आतिथ्यता तथा संस्थाका संस्थापक अध्यक्ष कुलप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष पल्टा थारु र पुर्व अध्यक्ष घननारायण श्रेष्ठको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सञ्चालक उपाध्यक्ष बिमालादेवी कँडेल, सञ्चालक सचिव टिकाराम थारु, सञ्चालक कोषाध्यक्ष पसानी थारु एवम् सञ्चालक सदस्यहरु रोमा चौधरी, नेपालीराम थारु र लक्ष्मीप्रसाद श्रेष्ठ तथा लेखा सुपरिवेक्षण सदस्य रामप्यारी थारु, शिक्षा उपसमिति सदस्यद्वय साधना बोगटी र जानकी पाण्डेले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सूचना अधिकारी सौगात श्रेष्ठले गर्नुभएको थियो ।