२३औं वार्षिक साधारणसभा – २०८१ । जोधिपुर एकाई सभा संस्थाका अध्यक्ष लहनु थारुको अध्यक्षतामा बारबर्दिया नगरपालिका-१, जोधिपुरमा २०८१।९।२ गते सम्पन्न भएको छ । कार्यक्रममा बारबर्दिया नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कैलाशपती थारुको प्रमुख आतिथ्यता तथा बारबर्दिया नगरपालिका वडा नम्बर १ का वडासदस्य जिरिया थारुको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सञ्चालक कोषाध्यक्ष पसानी थारु एवम् सञ्चालक सदस्यहरु नेपालीराम थारु र लक्ष्मीप्रसाद श्रेष्ठ तथा कार्यक्रमको सञ्चालन संस्थाका सूचना अधिकारी सौगात श्रेष्ठले गर्नुभएको थियो ।