+९७७ ०८४-५९०४५० [email protected] ठाकुरबाबा-३, बर्दिया

बीउ उत्पादक कृषकहरुका लागि अवलोकन भ्रमण – २०८१

हिमालय सहकारी संस्था लिमिटेडसंगको सहकार्यमा बीउ धानखेती गर्ने बीउ उत्पादक कृषकहरुलाई सहकारीको आयोजनामा एकदिने अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमण कार्यक्रममा २६ जना धानको बीउ उत्पादक कृषकहरु, सहकारीको सञ्चालक समितिका पदाधिकारी तथा कर्मचारीहरुको सहभागितामा राजापुर नगरपालिका–८, धोविनपुर, बर्दियामा रहेको पश्चिम नेपालकै प्रतिष्ठित बीउ उत्पादक कम्पनी गणेशबाबा एग्रो सिड कम्पनी लिमिटेडको भ्रमण सम्पन्न गरिएको हो ।  कम्पनी गणेशबाबा एग्रो सिड कम्पनी लिमिटेड र सो कम्पनीद्वारा गरिएको बीउ धानखेतीको अवलोकनसंगै बीउ उत्पादनका विषयमा देखिने समस्या, समाधानका उपाय तथा बीउ उत्पादनसंग सम्बन्धित विविध पक्षका विषयमा प्रबन्ध निर्देशक पाहारी थारुले जानकारी गराउनुभयो । यो आतिथ्ययताका लागि गणेशबाबा एग्रो सिड कम्पनी लिमिटेड र कम्पनीका प्रबन्ध निर्देशक पाहारी चौधरी, प्रा.स. सिता शर्मा एवम् सम्पूर्ण परिवारलाई हार्दिक धन्यवाद । (२०८१ अश्विन ०६ गते आइतबार)

Leave a Comment