ठाकुरबाबा नगरपालिका–३, मानपुरमा रहेको हिमालय सहकारी संस्था लिमिटेडले आफ्नो २२औं वार्षिक साधारणसभा २०८० आश्विन २० गते शनिबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष लहनु थारुको अध्यक्षता तथा ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०७९/८०को अन्त्यसम्म २१४५ जना शेयर सदस्य रहेको संस्थाले ४४ लाख ७४ हजार ९७२ रुपैया ५४ पैसा नाफा आर्जन गरि २ लाख ३८ हजार ४४३ रुपैयाँ राज्यलाई आयकर तिरेको छ । संस्थाको कुल शेयर २ करोड ५३ लाख २ हजार ७०० पुगेको छ । संस्थाले आर्थिक वर्ष २०७९/८०को अन्त्य सम्ममा १९ करोड ९७ लाख ७२ हजार २८१ रुपैयाँ २२ पैसा निक्षेप संकलन गरेको छ भने २२ करोड २ लाख १० हजार ४९९ रुपैयाँ कर्जा लगानी गरेको छ ।
आर्थिक वर्षको अन्त्यसम्म कुल वासलात २७ करोड ७१ लाख ९२ हजार ६९४ रुपैयाँ ११ पैसा पुगेको छ ।
अध्यक्षमा लहनु थारु सर्वसम्मत
२२औं वार्षिक साधारणसभाबाट लहनु थारुको नेतृत्वमा ७ सदस्यीय संचालक समिति निर्विरोध निर्वाचित हुनुभएको छ ।