‘पर्यटन र हरित लगानी’ आदर्श वाक्य सहित बर्दियाको ठाकुरद्वारामा ४४औं अन्तर्राष्ट्रिय विश्व पर्यटन दिवस मनाइएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजना तथा पर्यटन विकास परिषद, लुम्बिनी प्रदेशको प्रवद्र्दनमा ठाकुरबाबा नगरपालिका–९, ठाकुरद्वारामा कार्यक्रमको आयोजना गरी पर्यटन दिवस मनाइएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा हिमालय सहकारी संस्था लिमिटेडसंगै विभिन्न संघ–स.स्था, सहकारी लगायतको सहभागिता रहेको थियो ।