+९७७ ९८४८२५१७३६ [email protected] ठाकुरबाबा-३, बर्दिया

२४औं स्थापना दिवसमा जेष्ठ सदस्यहरुलाई सम्मान

हिमालय सहकारी संस्थाले एक कार्यक्रमको आयोजना गरि २४औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा संस्थाले जेष्ठ सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी रहनु भएका संस्थाका सल्लाहकार संयोजक एवम् ठाकुरबाबा नगरपालिकाका संस्थापक नगर प्रमुख घननारायण श्रेष्ठले भन्नुभयो “जेष्ठ नागरिकहरु ज्युँदो इतिहास हुन्, उहाँहरूबाट धेरै कुराको ज्ञान लिन सकिन्छ । जहाँ जेष्ठ नागरिकको सम्मान हुन्छ, जसले जेष्ठ नागरिकहरु प्रति सत्कार भाव दर्शाउँछ, त्यहाँबाट एउटा परम्पराको सुरुवात हुन्छ अनि नयाँ पुस्ताको लागि सिकाईको माध्यम बन्दछ ।” समाज परिवर्तनका लागि पहिले आफुबाटै परिवर्तनको सुरुवात गर्दै समाजलाई परिवर्तन गर्ने प्रयास गर्नुपर्ने समेत श्रेष्ठले बताउनुभयो ।

संस्थाका अध्यक्ष लहनु थारुले सदस्यहरुको साथ र सहयोग बिना सहकारी पूर्ण हुन नसक्ने बताउँदै सदस्यहरुको साथले नै हिमालय सहकारी यहाँसम्म आएको बताउनु भयो । २४औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९÷८०मा उत्कृष्ठ कार्य सम्पादन गरेकोमा संस्थाका ऋण सहायक हरी प्रसाद थारुलाई वर्षको उत्कृष्ठ कर्मचारीको रुपमा सम्मान समेत गरिएको छ ।

कार्यक्रममा संस्थाका जेष्ठ सदस्यहरु, ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष श्रीकृष्ण थारु र संस्थाका संस्थापक अध्यक्ष कुलप्रसाद श्रेष्ठको आतिथ्यता रहेको थियो भने संचालक समिति र लेखा समितिका पदाधिकारी एवम् कर्मचारीहरुको सहभागितामा जेष्ठ सदस्य सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Comment