+९७७ ९८४८२५१७३६ [email protected] ठाकुरबाबा-३, बर्दिया

व्यवसायिक धान खेती अभिमुखिकरण शिविर (मानपुर)

चुरे माध्यमिक विद्यालय (टेक्स कार्यक्रम) बगनाहाको प्राविधिक सहयोगमा हिमालय सहकारी संस्था लिमिटेडद्वारा ठाकुरबाबा नगरपालिका–३, मानपुर र आसपासका गाउँका कृषकहरुलाई व्यवसायिक धान खेतीका विषयमा अभिमुखिकरण शिविर सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिका अन्तरगत कृषि सेवा केन्द्र बगनाहाका प्रमुख विरेन्द्र रावत र चुरे माध्यमिक विद्यालय (टेक्स कार्यक्रम) बगनाहाका प्रशिक्षक सुरेश बौडेलको सहजिकरणमा तालिम सम्पन्न भएको हो ।

सहभागि भएका कृषकहरुले व्यवसायिक धान खेती अभिमुखिकरण शिविरबाट धानको बीउ छनौट देखि धान खेतीमा लाग्ने किरा तथा रोगको प्रकोपको विषयमा जानकारी प्राप्त हुनुका साथै शिविरले परम्परागत रुपमा गरिँदै आएको धान खेतीलाई परिस्कृत गरी व्यवसायिक रुपमा अगाडी बढ्न उत्प्रेरणा जागृत भएको बताएका छन् । २०८० वैशाख १३ गते बुधबार ठाकुरबाबा नगरपालिका–३, मानपुर स्थीत सहकारीको आफ्नै सभाहलमा शिविर सञ्चालन भएको हो ।

Leave a Comment