+९७७ ९८४८२५१७३६ [email protected] ठाकुरबाबा-३, बर्दिया

व्यवसायिक धान खेती अभिमुखिकरण शिविर (मिर्चैया)

चुरे माध्यमिक विद्यालय (टेक्स कार्यक्रम) बगनाहाको प्राविधिक सहयोगमा हिमालय सहकारी संस्था लिमिटेडद्वारा ठाकुरबाबा नगरपालिका–३, मिर्चैया र आसपासका गाउँका कृषकहरुलाई व्यवसायिक धान खेतीका विषयमा अभिमुखिकरण शिविर सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिका कृषि शाखा प्रमुख ध्रुबराज बम र चुरे माध्यमिक विद्यालय (टेक्स कार्यक्रम) बगनाहाका प्रशिक्षक दिपेन्द्र बमको सहजिकरणमा तालिम सम्पन्न भएको हो ।

सहभागि भएका कृषकहरुले व्यवसायिक धान खेती अभिमुखिकरण शिविरबाट धानको बीउ छनौट देखि धान खेतीमा लाग्ने किरा तथा रोगको प्रकोपको विषयमा जानकारी प्राप्त हुनुका साथै शिविरले परम्परागत रुपमा गरिँदै आएको धान खेतीलाई परिस्कृत गरी व्यवसायिक रुपमा अगाडी बढ्न उत्प्रेरणा जागृत भएको बताएका छन् । २०८० वैशाख १३ गते बुधबार ठाकुरबाबा नगरपालिका–३, मिर्चैया स्थीत झरसलुवा सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा शिविर सञ्चालन भएको हो ।

Sharing Is Caring:

Leave a Comment