+९७७ ९८४८२५१७३६ [email protected] ठाकुरबाबा-३, बर्दिया

व्यवसायिक बंगुर पालन तालिम सम्पन्न (२०८०)

यस हिमालय सहकारी संस्था लिमिटेडको आयोजनामा सहकारीमा आवद्द बंगुर पालक कृषक सदस्य तथा एकाघरका परिवारहरुका लागि व्यवसायिक बंगुर पालन तालिम सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिका पशुपंक्षि तथा मत्स्य विकास उपशाखामा कार्यरत अधिकृत छैठौँ अमर बहादुर शाही र पशु सेवा प्राविधिक चन्द्र बहादुर महतराको सहजिकरणमा तालिम सम्पन्न भएको हो ।

तालिममा सहभागि भएका कृषकहरुले यस प्रकारका तालिमबाट परम्परागत रुपमा गरिँदै आएको बंगुर पालनलाई परिस्कृत गरी व्यवसायिक रुपमा अगाडी बढ्न उत्प्रेरणा जागृत हुनुका साथै बंगुर पालनका क्रममा देखिने रोग तथा समस्याको विषयमा पनि जानकारी प्राप्त भएको बताएका छन् । २०८० वैशाख ८ गते शुक्रबार ठाकुरबाबा नगरपालिका–३, मानपुर स्थित सहकारीको सभाहलमा तालिम सञ्चालन भएको हो ।

Sharing Is Caring:

Leave a Comment