ठाकुरबाबा नगरप्रमुख घननारायण श्रेष्ठ, जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुंगाना, ठाकुरबाबा नगरपालिका आर्थिक विकास तथा सहकारी शाखा प्रमुख रिता चौधरी, ठाकुरबाबा नगरपालिका सहकारी संजालका सदस्य मेनका पोख्रेल सहितको टोलीद्वारा ठाकुरबाबा नगरपालिका, बर्दियामा केन्द्रिय कार्यालय रहेका सहकारीहरुको अनुगमन गर्ने क्रममा यस हिमालय सहकारी संस्था लिमिटेडको अनुगमन गरी संस्थाद्वारा संचालित कार्यक्रमहरुको जानकारी लिनुका साथै संस्थालाई आवश्यक सल्लाह, सुझाब दिनुभएको छ ।
अनुगमन तथा महत्वपूर्ण सल्लाह, सुझाबका लागि सम्पूर्णलाई हार्दिक आभार सहित सुझाबहरुलाई कार्यान्वयन गराउँदै संस्था सदस्यहरु तथा समुदायको हितमा अगाडी बढ्ने प्रतिबद्दता व्यक्त गदैछौं । (२०७८ पौष २५ गते आइतबार)