नेपाल सरकार, अर्थ मन्त्रालयको गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमबाट विपन्न परिवारलाई आयआर्जन कार्यक्रम अन्तरगत सञ्चालित ७ दिने खाजा, नास्ता तथा ढकिया बनाउने तालिम सम्पन्न भएको छ ।
हिमालय सहकारी संस्था लिमिटेडको आयोजना र नारी एकता शक्ति केन्द्र – बर्दियाको समन्वय तथा ठाकुरबाबा नगरपालिका, सैनवारको सहयोगमा अषाढ ६ गतेदेखि ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा सुरु भएको तालिम अषाढ १२ गते सम्पन्न भएको हो ।
१८ जनाको सहभागीता रहेको खाजा नास्ता तालिमको समापनका अवसरमा आयोजित कार्यक्रमका बिच निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्री बिमला बि.क.ले विपन्न परिवारका ४ जनालाई ठेलागाडा तथा अन्यसबै सहभागिहरुलाई भाँडा हस्तान्तरण गर्नुभयो ।
संस्थाका अध्यक्ष लहनु थारु, प्रबन्धक सावित्री कुमारी श्रेष्ठ, निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्री बिमला बि.क., ठाकुरबाबा नगर प्रमुख घननारायण श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्ष, ठाकुरबाबा नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख, नारी एकता शक्ति केन्द्रका पदाधिकारीहरूको उपस्थितीमा आयोजित कार्यक्रमका बिच तालिमको समापन भएको छ ।