+९७७ ९८४८२५१७३६ [email protected] ठाकुरबाबा-३, बर्दिया

१७औं साधारणसभा सम्पन्न, अध्यक्षमा पल्टा थारु चयन

ठाकुरबाबा नगरपालिका–३, मानपुरमा रहेको हिमालय सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । १ हजार ८०० बढी शेयर सदस्य रहेको संस्थाले साधारणसभाको अवसरमा संस्थाका जेष्ठ शेयर सदस्यहरु, शेयर कारोबार, नियमित बचतकर्ता, नियमित ऋण कारोबारी सदस्य, नियमित ग्राहक सदस्य, सबैभन्दा बढी कारोबार गर्ने शेयर सदस्य, ब्यवसायिक रुपमा सफल सदस्य लगायतलाई सम्मान गरिएको छ ।

बर्दिया जिल्ला कार्य क्षेत्र रहेको सहकारी संस्थाले नियमित कारोबारमा बचत संकलन तथा ऋण लगानी, रासायनिक मल बिक्री, बीउविजन बिक्री, एकिकृत कृषि फर्म, बंगुरपालन तथा सुपथ मूल्य पसल संचालन गर्दै आई रहेको छ । साथै संस्थाले सामाजिक कार्यक्रम उत्तरदायित्व बहन अन्र्तगत शेयर सदस्यहरुलाई सुत्केरी स्याहार रकम, काजकिरिया खर्च, तरकारिको बिउ वितरण, शिक्षा तालिम तथा छात्रवृत्ती वितरण लगायतका कार्यक्रमहरु संचालन गरिरहेको छ ।

संस्थाका अध्यक्ष एवम् ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठको अध्यक्षतामा भएको १७औं वार्षिक साधारणसभामा चुरे क्याम्पस बगनाहाका क्याम्पस प्रमुख कृष्णप्रसाद पौड्यालको प्रमुख आतिथ्यता, तथा ठाकुरबाबा नगर शिक्षा शाखाका श्रोतव्यक्ती बालकृष्ण आचार्य, जिल्ला सहकारी संघका सदस्य नवराज ढुंगानाको विषेश आतथ्यिता, नगरपालिकाका सहकारी शाखा प्रमुख गोगनसरा आचार्य, विश्वाशिलो साकोसका अध्यक्ष देशु थारु, प्रगती साकोसका अध्यक्ष बिजय शाह, ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष श्रीकृष्ण थारु लगायतको उपस्थिती रहेको थियो ।\

यसैबिच संस्थाका अध्यक्ष घननारायण श्रेष्ठले कार्य व्यवस्तताका कारण देखाउँदै अध्यक्ष पदबाट राजिनामा दिएसंगै १७औँ वार्षिक साधारणसभाले पल्टा थारुको अध्यक्षतामा एकवर्ष कार्यअवधीका लागि नयाँ सञ्चालक समिति समेत चयन गरिएको छ । उपाध्यक्षमा लहनु थारु, सचिवमा बिमलादेवी कंडेल, कोषध्यक्षमा पसानी थारु र सदस्य रोमा थारुलाई चयन गरीएको छ । हाल चयन भएको समितिको समयावधी एक वर्षको रहने र नियमित निर्वाचन कार्यतालिका बमोजिम १८औँ वार्षिक साधारणसभा चुनावी साधारणसभा भएकाले सो साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन गरिनेछ ।

Sharing Is Caring:

Leave a Comment