
‘सूचनाले नै पारदर्शिता अभिवृद्धि गर्दछ र पारदर्शिताले विश्वास’ भन्ने मान्यताका साथ बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–३, मानपुरमा केन्द्रिय कार्यालय रहेको हिमालय सहकारी संस्था लिमिटेडले संस्थाको गतिविधीहरुलाई विभिन्न माध्यमबाट सुसुचित गर्ने प्रयास गर्दै आइरहेको छ । हामी संस्थाको हरेक गतिविधीहरु, सम्वन्धित सूचना वा जनकारीहरु संस्थाका शेयर सदस्यज्यूहरु लगायत सहकारी संस्थासंग सरोकार राख्नेहरुको माझमा पुर्याउन चाहन्छौँ । संस्थाको गतिविधीहरु खुल्ला र पारदर्शी भएमा मात्र संस्था प्रति सदस्यहरुले ‘सोध्न’, ‘खोज्न’ र ‘सोँच्न’ सक्दछन् । ‘सोध्नु’, ‘खोज्नु’ र ‘सोँच्नु’ भनेकै एक अर्थमा सदस्यहरुले अपनत्व महसुस गर्नु हो । सदस्यहरुको अपनत्वको जगमा मात्र संस्था वलियो हुन सक्दछ भने विश्वास हिमालय सहकारीले राख्दछ ।
यसर्थ यस हिमालय सहकारी संस्था लिमिटेडद्वारा प्रदान गरिने सेवा लगायत संस्थाको बारेमा जुनसुकै सूचना आवश्यक परेमा सिधा फोन सम्पर्कसंगै इमेल वा सामाजिक सञ्जाल (फेसबुक, टेलिग्राम, ह्वाट्सएप) मार्फत् लिखित वा मौखिक रुपमा अनुरोध गर्ने वा सिधै सूचना अधिकारी समक्ष सम्पर्क गरि आवश्यक जानकारी प्राप्त गर्न सकिन्छ ।
यदि तपाईंसंग संस्थाले प्रदान गर्ने सेवा, सञ्चालक, कर्मचारी लगायतको व्यवहार, ढिलासुस्ती, अनावश्यक झन्झट वा अन्य कुनै विषयमा सल्लाह, सुझाव वा गुनासो भएमा सम्वन्धित तहमा पुर्याउने र सल्लाह सुझावहरुलाई सम्भव भएसम्म लागु गर्ने र गुनासो भएमा सम्बोधन वा आवश्यक कार्यवाही गरि गुनासोकर्तालाई जानकारी गराउने व्यवस्था समेत गरिएको छ । यस प्रक्रियामा गुनासोकर्ताको नाम गोप्य राखिनेछ । सदस्यहरुको निरन्तर खवरदारी र पहरेदारीले नै हामीलाई सही बाटोमा हिँड्न थप प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गर्दछौँ । धन्यवाद ।
सौगात श्रेष्ठ
सूचना अधिकारी