ठाकुरबाबा नगरपालिका-३, बर्दिया +९७७ ०८४-५९०४५०
info@himalaya.org.np

६८औं राष्ट्रिय सहकारी दिवसमा ‘हिमालय सहकारी’ सम्मानित

६८औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित एक कार्यक्रमका बिच ठाकुरबाबा सहकारी सञ्जालद्वारा हिमालय सहकारी संस्था लिमिटेड सम्मानित भएको छ । मर्यादित सहकारी, समुन्नत समाज भन्ने मूल नाराका साथ मिति २०८१ चैत्र २० गते, बुधबार बर्दियाको ठाकुरबाबा नगरपालिकामा ठाकुरबाबा सहकारी सञ्जालको समन्वय तथा सहकार्य र पालिका स्तरीय मूल समारोह समितिको आयोजनामा आयोजित ६८औं राष्ट्रिय सहकारी दिवसका अवसरमा ठाकुरबाबा नगरपालिकाको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिए वापत हिमालय सहकारी संस्था सम्मानित भएको हो । कार्यक्रममा हिमालय सहकारी सहित पालिकाभित्र केन्द्रिय कार्यालय रहेका ४ वटा सहकारी संस्थाहरुलाई सम्मान गरिएको छ । सम्मानका लागि ठाकुरबाबा नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख तथा सहकारी हेर्ने कर्मचारी ओम बहादुर रानाक्षेत्रीको संयोजकत्वमा तीन सदस्य रहने पुरस्कार छनौट समिति गठन गरी सहकारीको विभिन्न सूचकहरुको मुल्याङ्कन गरी सम्मानित हुने सहकारी छनौट गरिएको नगरपालिका प्रशासनले जनाएको छ ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहकारी दर्ता अधिकारी नारायण प्रसाद ढकाल र ठाकुरबाबा नगरपालिका उप–प्रमुख बिना कुमारी भट्टराईको विशिष्ट आतिथ्यता तथा ठाकुरबाबा नगरपालिका प्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्यता र दिवस मूल समारोह संयोजक दुर्गा सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । समारोहमा नगरपालिकाको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिए वापत सम्मानित हुने संस्थाहरुमा ठाकुरबाबा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, हिमालय सहकारी संस्था लिमिटेड, सिंहबाहिनी शिवशक्ती कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र किसान कमैया कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।

NATIONAL-COOP-DAY-2081-4-1024x576

NATIONAL-COOP-DAY-2081-3-1024x576

NATIONAL-COOP-DAY-2081-7-2048x1152

NATIONAL-COOP-DAY-2081-1-1024x576

NATIONAL-COOP-DAY-2081-8-1024x743