ठाकुरबाबा नगरपालिका-३, बर्दिया +९७७ ०८४-५९०४५०
info@himalaya.org.np
Committee

परिचय

आर्थिकरुपमा स्वचालित समाजको सृजनाका लागि समुदायमा उत्पादनशिलता र मितव्ययी भावनाको विकास गराई सहकारीको माध्यमबाट सदस्यहरुको सामाजिक, आर्थिक जीवनस्तरलाई ठोस उचाईमा पुर्‍याउने परिकल्पना बनाई यस सहकारी संस्था लिमिटेडको स्थापना गरिएको हो । विगत २५ वर्षदेखि सदस्य सेवामा निरन्तर लागिरहेको छ । यस सहकारी संस्था नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएको वित्तीय संस्था हो । संघियता अघि डिभिजन सहकारी कार्यालय, बर्दियाको मातहतमा रहेको यस संस्था हाल लुम्बिनी प्रदेश सरकारको सम्बन्धित निकाय सहकारी दर्ता अधिकारीको कार्यालयको मातहतमा रहेको छ । समुदायका ब्यक्तिहरुको आर्थिक र सामाजिक उत्थानमा सहयोग पुर्‍याउने तथा सदस्यहरुको हित संरक्षण तथा आर्थिक अवस्था सुधारका लागि विविध कृयाकलापहरु सञ्चालन गर्ने उद्देश्यका साथ स्थापना गरिएको यस संस्थाले आफ्नो स्थापनाकाल देखिनै कृषिको क्षेत्रमा कार्य गर्दै आई रहेको छ । स्थापनाकालमा रासायनिक खादमल, गुणस्तरिय बीउ बिजनको उत्पादन तथा बिक्री गर्दै आई रहेको यस संस्थाले सो कार्यको निरन्तरता संगै हाल बचत तथा ऋणको वित्तीय कारोबार समेत गर्दै आई रहेको छ ।