FAQs
Find answers to common questions about our co-operative services, savings, loans, and digital banking.
हिमालय सहकारी संस्था लिमिटेड, बहुउद्देश्यीय प्रकृतिको सहकारी संस्था हो । जसले सदस्यहरूको आर्थिक, सामाजिक तथा साँस्कृतिक एवम् कृषि क्षेत्रको वृत्तिविकासका लागि विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ ।
हिमालय सहकारी संस्था लिमिटेडको कार्यालय ठाकुरबाबा नगरपालिका–३, मानपुर, बर्दियामा रहेको छ । संस्थाको कार्यक्षेत्र बर्दिया जिल्लाभर रहेको छ ।
हिमालय सहकारी संस्था लिमिटेडको कार्यालय समय सार्वजनिक विदाको दिन बाहेक सोमबारदेखि शुक्रबारसम्म विहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म हो । कारोबार समय भने विहान ९:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म रहेको छ ।
हिमालय सहकारी संस्था लिमिटेडको निम्न मुख्य सेवाहरू प्रदान गर्दछः
- बचत तथा ऋणको कारोबार
- रासायनिक मलखादको बिक्री
- गुणस्तरीय बीउबिजनको बिक्री
- एकीकृत कृषि फर्म सञ्चालन
हिमालय सहकारी संस्था लिमिटेडको शेयर सदस्य बन्न इच्छुक व्यक्तिले आवेदन फाराम भरी आवश्यक कागजातसहित कार्यालयमा निवेदन दिनुपर्दछ । इच्छुक ब्यक्तीको स्थायी ठेगाना बर्दिया जिल्ला हुनुपर्दछ ।
हिमालय सहकारी संस्था लिमिटेडमा शेयर सदस्य बन्न सामान्यतया निम्न कागजात आवश्यक पर्छः
- सदस्य बन्न इच्छुक ब्यक्तिको नागरिकताको छायाँप्रती
- हकवाला ब्यक्तिको नागरिकताको छायाँप्रती
- पासपोर्ट साइज फोटो
- आवेदन फाराम
- आवश्यक शुल्क
- पुरानो दुई जना शेयर सदस्यको सिफारिस
हो, सदस्यहरूले हिमालय सहकारी संस्था लिमिटेडमा नियमित तथा विभिन्न बचत योजना अन्तरगत बचत गर्न सक्नुहुन्छ ।
शेयर सदस्यहरूले आवश्यक प्रक्रिया पूरा गरी कर्जा आवेदन दिन सक्नुहुन्छ । संस्थाको कार्यविधी तथा मूल्याङ्कन अनुसार कर्जा स्वीकृत गरिन्छ ।
कर्जाको प्रकार, रकम तथा संस्थाको नीतिअनुसार धितो, जमानी वा अन्य प्रक्रिया आवश्यक हुन्छ ।