ठाकुरबाबा नगरपालिका-३, बर्दिया +९७७ ०८४-५९०४५०
info@himalaya.org.np

सहकारी शिक्षा तालिम सम्पन्न (२०८३।१।३०)

हिमालय सहकारी संस्था लिमिटेडमा आवद्ध शेयर सदस्यहरुको लागि सहकारी शिक्षा तालिम सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाका शेयर सदस्यहरुलाई सहकारीको सिद्धान्त, मूल्य–मान्यता, सदस्यको अधिकार तथा कर्तव्य, बचत तथा ऋण व्यवस्थापन, संस्थागत सुशासन तथा आर्थिक अनुशासन सम्बन्धी विषयमा जानकारी प्रदान गर्ने उद्देश्यले २०८३ वैशाख ३० गते तालिम सञ्चालन गरिएको हो ।

तालिममा शेयर सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी सदस्यहरुले सहकारी सम्बन्धी व्यवहारिक ज्ञान प्राप्त भएको तथा आगामी दिनमा संस्थाको गतिविधिमा अझ सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

IMG_8767

IMG_8766

IMG_8769