ठाकुरबाबा नगरपालिका-३, बर्दिया +९७७ ०८४-५९०४५०
info@himalaya.org.np

व्यवसायिक बंगुर पालन तालिम सम्पन्न (२०८३।१।२९)

हिमालय सहकारी संस्था लिमिटेडद्वारा शेयर सदस्यहरूका लागि सञ्चालन गरिएको व्यवसायिक बंगुर पालन तालिम २०८३ वैशाख २९ गते सफलतापूर्वक सम्पन्न भएको छ ।

तालिम कार्यक्रममा दीपकराज थापाले प्रशिक्षकको रूपमा सहजीकरण गर्नुभएको थियो। उहाँले व्यवसायिक बंगुर पालनका आधुनिक प्रविधि, रोग व्यवस्थापन, आहार व्यवस्थापन, खोर सुधार तथा व्यावसायिक उत्पादन वृद्धि सम्बन्धी विषयमा सहभागीहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

तालिममा सहभागी शेयर सदस्यहरूले बंगुर पालन व्यवसायलाई व्यवस्थित, उत्पादनमुखी तथा आयआर्जनमा सहयोग पुग्ने गरी सञ्चालन गर्न आवश्यक व्यवहारिक ज्ञान हासिल गरेको बताएका छन् । संस्थाले आगामी दिनमा पनि सदस्यहरूको सीप तथा क्षमता अभिवृद्धिका लागि यस्ता तालिम कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नेछ ।

5

6

7