ठाकुरबाबा नगरपालिका-३, बर्दिया +९७७ ०८४-५९०४५०
info@himalaya.org.np

व्यवसायिक बाख्रा पालन तालिम सम्पन्न (२०८३।१।३०)

हिमालय सहकारी संस्था लिमिटेड मा आवद्ध शेयर सदस्यहरुको क्षमता अभिवृद्धि तथा आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले व्यवसायिक बाख्रा पालन सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न गरिएको छ ।

तालिममा व्यवसायिक बाख्रा पालनका आधारभूत तथा व्यावहारिक विषयहरु जस्तै उन्नत जात छनोट, आहार व्यवस्थापन, खोर निर्माण, रोग नियन्त्रण तथा बजार व्यवस्थापन सम्बन्धी जानकारी प्रदान गरिएको थियो। तालिममा सहभागी शेयर सदस्यहरुले बाख्रा पालन व्यवसायलाई थप व्यवस्थित, उत्पादनमुखी तथा आम्दानीमूलक बनाउन महत्वपूर्ण ज्ञान तथा सीप हासिल गरेको बताएका छन् ।

कार्यक्रममा सहकारीका पदाधिकारी, कर्मचारी तथा शेयर सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो । सहकारीले आगामी दिनमा पनि सदस्यहरुको आर्थिक सशक्तीकरण तथा व्यवसायिक विकासका लागि यस्ता सीपमूलक तालिम तथा कार्यक्रमहरुलाई निरन्तरता दिनेछ । २०८३ वैशाख ३० गते सम्पन्न भएको तालिममा बारबर्दिया नगरपालिकामा पशु चिकित्सकको रुपमा कार्यरत दीपकराज थापाले प्रशिक्षण दिनुभएको थियो ।

1234

12

123